काठमाडौं-नेपालले अमेरिकी नागरिकबाहेक विश्वका सबै देशका १० वर्ष मुनिका बालबालिकालाई निःशुल्क भिसा दिदै आएको छ । उनीहरुले नेपालका दूतावास, कन्सुलेट र प्रवेश नाकाहरुबाट ९० दिनसम्मको निःशुल्क भिसा प्राप्त गर्न सक्छन् । यो नीतिका कारण नेपाली वा नेपाली अमेरिकन बाबुआमाका अमेरिकन बच्चाहरु सबैभन्दा धेरै प्रभावित हुदै आएका छन् ।
यस नीति पछाडिको मुख्य कारण नेपालको अमेरिकासँगको आपसी भिसा व्यवस्था हो। अमेरिकाले नेपाली नेपाली बालबालिकाहरूलाई कुनै छुट नदिएकाले नेपालले पनि अमेरिकन बालबालिकाहरुलाई छुट दिएको छैन । तर विश्वभरका धेरै देशहरूले नेपाली बालबालिकालाई निःशुल्क भिसा प्रदान नगर्ने भएपनि यो नीति भने नेपालले उनीहरुका सन्दर्भमा लागु गरेको छैन, केबल अमेरिकाका सन्दर्भमा लागु गरेको छ ।
यो नियम नेपालले अमेरिकन नागरिकलाई पनि ५ बर्षको मल्टिभल भिसा दिने सहमतिसँगै ल्याएको थियो तर अहिले भने नेपालले अमेरिकनलाई ५ बर्षको मल्टिपल भिसा दिन भने छाडेको छ । खासगरी कोरोना महामारीपछि नेपालले अमेरिकनहरुका लागि ५ बर्षको भिसा जारी गर्न छाडेको छ । ५ बर्षको भिसा जारी गर्ने नीति २०१९ जनवरी १ देखि लागु गरिएपनि लामो समय चल्न पाएन । अमेरिकाले भने नेपालीलाई ५ बर्षको मल्टिपल भिसा नै जारी गर्दै आएको छ ।
नेपाली दूतावास र कन्सुलेटहरूले पनि योग्य यात्रुहरूको लागि निःशुल्क भिसा बाहेक अन्य भिजिट भिसा स्ट्याम्प वा स्टिकर जारी गर्न छाडेका छन् । त्यसको सट्टा, तिनीहरूले यात्रुहरूको लागि इलेक्ट्रोनिक यात्रा अनुमतिपत्र ईटीए जारी गर्दै आएका छन् ।
अमेरिकीबाहेक १० वर्ष मुनिका अन्य देशका बालबालिकाहरू, एनआरएन कार्ड हुनेहरु, चीनका नागरिकहरू नेपालको निशुल्क भिसा पाउन योग्य रहेका छन् । त्यस्तै कुनै बर्षमा पहिलो पटक यात्रा गर्ने सार्क सदस्य राष्ट्रका नागरिकहरूलाई पनि ३० दिनसम्मको नेपालको पर्यटक भिसा निःशुल्क पाउँछन् । यद्यपि, अफगान नागरिकहरूलाई यस प्रावधानमा समावेश गरिएको छैन । अफगान नागरिकहरूले नेपालमा भिसा प्राप्त गर्नका लागि नेपालको अध्यागमन विभागबाट सिफारिस प्राप्त गर्नु आवश्यक छ।








विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो