कपिलवस्तु । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक ‘प्रचण्ड’ले कपिलवस्तुमा आयोजित नेकपाको चुनावी सभालाई सम्बोधन गर्दै ‘तारा’ चुनाव चिन्हमा मतदान गर्न मतदातासँग अपिल गर्नुभएको छ।
उहाँले वर्तमान निर्वाचनलाई विषम राजनीतिक परिस्थितिको परिणाम भन्दै यसलाई राष्ट्रको स्वाधीनता, राष्ट्रिय एकता र लोकतान्त्रिक अधिकारको रक्षा गर्ने अवसरका रूपमा लिन आग्रह गर्नुभयो।
देशलाई राजनीतिक स्थायित्वतर्फ लैजान निर्वाचन अनिवार्य भएको उल्लेख गर्दै उहाँले जनताको सक्रिय सहभागिताले नै लोकतन्त्र सुदृढ हुने बताउनुभयो।
सभामा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट ‘तारा’ चिन्ह लिएर उम्मेदवार बनेका अहमद शाह खानलाई अत्यधिक मतले विजयी गराउन आग्रह गरिएको थियो। प्रचण्डले राष्ट्रिय एकता र विकासको पक्षमा उभिने शक्तिलाई समर्थन गर्न मतदातासँग आह्वान गर्नुभयो।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो