काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग र सडक खण्डहरू अवरुद्ध भएका छन्।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार आज देशभरका ८ वटा सडक पूर्णरुपमा अवरुद्ध बनेका छन् ।
मेची राजमार्ग, वि.पि. राजमार्ग, मध्य पहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोर,पृथ्वी राजमार्ग, अरनिको राजमार्ग अन्तर्गतका विभिन्न सडक बन्द छन् ।
ईलामको राजदुवाली क्षेत्र, चितवनको इच्छाकामना गाउँपालिका–५, ललितपुरको बागमती गाउँपालिका-३ पाण्डुर र मकवानपुरको ठिंगन खण्ड, काभ्रेको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्ड अवरुद्ध छन् ।
यस्तै मध्य पहाडी लोकमार्गको पूर्वी रुकुमको भुमे गाउँपालिका, कर्णालीका सडकहरू भेरी कोरिडोर (रुकुम पश्चिम), नाग्म–गमगढी सडक (मुगु) र नाग्म सडक खण्ड (जुम्ला) मा बाढी र पहिरोले गर्दा सवारी आवगमन ठप्प रहेको छ ।









नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो