काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई तत्काल पक्राउ नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश अच्युत कुइकेलको इजलासले श्रेष्ठले दायर गरेको निषेधाज्ञासम्बन्धी निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो । अदालतले निवेदनको अन्तिम टुंगो नलागेसम्म श्रेष्ठलाई पक्राउ नगर्न जिल्ला प्रहरी परिसर, ललितपुरका नाममा आदेश जारी गरेको छ ।
अदालतले विपक्षी प्रहरीलाई लिखित जवाफ पेस गर्न १५ दिनको समयसमेत दिएको छ ।
श्रेष्ठविरुद्ध उपसभामुख रुवीकुमारी ठाकुरले जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गर्ने प्रक्रिया अघि बढाएको थियो । त्यसविरुद्ध श्रेष्ठ अदालत पुगेका थिए ।
अदालतको अन्तरिम आदेशसँगै निवेदनको टुंगो नलागेसम्म श्रेष्ठलाई पक्राउ गर्ने प्रक्रिया रोकिएको छ ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो