काठमाडौं । दलित लाइभ्स म्याटर ग्लोबल एलायन्सका प्रमुख प्रदीप परियारले उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन आग्रह गर्दै आपत्कालीन सम्पर्क नम्बरहरू सार्वजनिक गरेका छन्।
परियारले भर्खरै सामाजिक सञ्जाल फेसबुकमार्फत पोस्ट गर्दै अहिलेको प्रमुख प्राथमिकता नागरिकको जीवन रक्षा रहेको उल्लेख गरेका छन्। उनले उद्धार कार्यमा कुनै पनि ढिलाइ नगर्न सम्बन्धित निकाय तथा सबै सरोकारवालालाई आग्रह गरेका छन्।
उनले उद्धार तथा सहायताका लागि नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४, एम्बुलेन्सको १०२ र जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (DEOC) को १२३४ नम्बरमा सम्पर्क गर्न सकिने जानकारी दिएका छन्।
त्यस्तै रसुवा, नुवाकोट, धादिङ र चितवनका प्रमुख प्रशासन तथा प्रहरी सम्पर्क नम्बरहरू समेत सार्वजनिक गर्दै उनले आवश्यक परे तत्काल समन्वय र उद्धारका लागि सम्पर्क गर्न आग्रह गरेका छन्।
परियारले आफ्नो पोस्टमा लेखेका छन्, “अहिलेको प्राथमिकता नागरिकको जीवन रक्षा हो।
कृपया उद्धार कार्यमा ढिलाइ नगरियोस्।
Please save the people.”
उनको उक्त अपिलले विपद् तथा संकटको समयमा नागरिकको जीवन बचाउन सबै निकायले तत्काल र प्रभावकारी रूपमा उद्धार कार्य अघि बढाउनुपर्नेमा जोड दिएको छ।
बाढीको बितण्डाले रसुवा, नुवाकोट, धादिङ र चितवनमा निकै गम्भीर अवस्था सिर्जना भएको छ। बाढीबाट ठूलो जनधनको क्षति भएको सरकारी अधिकारीहरूले बताएका छन्।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो