काठमाडौं । रसुवामा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति भएपछि समाज कल्याण परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्थालाई तत्काल उद्धार, राहत तथा पुनर्स्थापनामा जुट्न आह्वान गरेको छ।
परिषद्ले बुधबार जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालयसँग आवश्यक समन्वय र सहकार्य गर्न आग्रह गरेको हो।
साथै, गैरसरकारी संघ–संस्थाले सञ्चालन गर्ने उद्धार, राहत तथा पुनर्स्थापनासम्बन्धी गतिविधिको विवरण समाज कल्याण परिषद्लाई समेत जानकारी गराउन अनुरोध गरिएको छ।
परिषद्ले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकसम्म आवश्यक सहायता पुर्याउन सामाजिक तथा गैरसरकारी संघ–संस्थाहरूलाई सक्रिय रूपमा परिचालित हुन आह्वान गरेको छ।
बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै खाद्यान्न, अस्थायी आवास, स्वास्थ्य सेवा र अन्य अत्यावश्यक राहत सामग्रीको आवश्यकता बढ्दै गएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो