काठमाडौँ । रसुवामा बाढीका कारण प्रभावित भएका ८०२ जनालाई नेपाली सेनाले उद्धार गरेको छ। सेनाका अनुसार बुधबार बिहानदेखि अपराह्न साढे ३ बजेसम्म ६०२ जनालाई हवाई माध्यमबाट र २०० जनालाई स्थलमार्गबाट सुरक्षित स्थानमा सारिएको हो।
हवाई उद्धार गरिएकामध्ये ५० जना विदेशी नागरिक रहेका छन्। सेनाका हेलिकप्टर प्रयोग गरी टिमुरे, स्याफ्रुबेँसी, धुन्चे र मैलुङ क्षेत्रबाट बाढी प्रभावितको उद्धार गरिएको जनाइएको छ।
यसैबीच, वीरेन्द्र अस्पतालबाट चिकित्सकसहित परिचालित स्वास्थ्यकर्मीको टोलीले त्रिशूलीमा स्थापना गरिएको आपत्कालीन उपचार केन्द्रमार्फत ३३८ जना घाइतेलाई उपचार सेवा दिएको छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन ड्रोन र सैनिक कुकुरसमेत परिचालन गरिएको छ। नेपाली सेनाका ४ हजार २०० भन्दा बढी जनशक्ति उद्धार, घाइतेको खोजी, आपत्कालीन उपचार तथा राहत सामग्री वितरणमा खटिएका छन्।
उद्धार कार्यसँगै सेनाको टोलीले धादिङमा पृथ्वी राजमार्गमा थुप्रिएको लेदो हटाउने काम पनि गरिरहेको छ। लेदो हटाएर अवरुद्ध सडकलाई पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको सेनाले जनाएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो