धनगढी । कैलालीको धनगढीस्थित निसर्ग हस्पिटलले भोटेकोशी बाढी प्रभावितलाई राहत तथा पुन:स्थापनाका लागि रु. ११ लाख ११ हजार १११ सहयोग गरेको छ ।
अस्पतालमा कार्यरत कर्मचारी, स्टाफ नर्स, चिकित्सक तथा शेयर सदस्यको कम्तीमा एक दिन बराबरको तलबरसुविधाबाट सङ्कलित रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को खातामा जम्मा गरिएको अध्यक्ष तीर्थराज पन्तले जानकारी दिए ।
उनले अस्पतालले हरेक वर्ष मनाउँदै आएको हरितालिका तीजको कार्यक्रम स्थगित गरेको र सो कार्यक्रमका लागि छुट्याइएको रकमसमेत बाढी प्रभावित नागरिकलाई सहयोग गरिएको बताए । यसअघि धनगढीस्थित माया मेट्रो अस्पतालले पनि रु. तीन लाख ११ हजार १११ आर्थिक सहयोग गरेको जनाएको छ ।
यस्तै, धनगढीस्थित नवजीवन अस्पताले रु. दुई लाख २२ हजार २२२ सहयोग गरेको छ । अस्पतालले बाढी प्रभावितको राहतका लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोगस्वरुप उक्त रकम जम्मा गरेको अस्पतालका कार्यकारी निर्देशक चक्र खडायतले जानकारी दिए ।
चैतन्य पाठशालाले पनि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. एक लाख ११ हजार १११ बराबरको सहयोग उपलब्ध गराएको अध्यक्ष गणेशप्रसाद जोशीले बताए । त्यस्तै, माया मेट्रो अस्पतालले रु. तीन लाख ११ हजार १११ बराबरको सहयोग गरेको अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले जानकारी दिए ।








आश्वासनले रोकिँदैन दलित जेनजीको आन्दोलन
नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो