काठमाडौँ । बुधवार रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढीपछि जारी खोज तथा उद्धार अभियानका क्रममा हालसम्म ४८९ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार फेला परेका शवमध्ये ३९३ जनाको अझै पहिचान हुन सकेको छैन। बाँकी शवको भने पहिचान खुलेको प्रहरीले जनाएको छ।
अचानक आएको भीषण बाढीले रसुवाको भोटेकोसी क्षेत्रदेखि नुवाकोट, धादिङ, चितवनलगायत त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण मानवीय क्षतिसँगै घर, सडक, पुल, व्यापारिक प्रतिष्ठान तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति भएको छ।
बाढीपछि विभिन्न स्थानमा बेपत्ता तथा सम्पर्कविहीन नागरिकको खोजी, उद्धार तथा फेला परेका शवको व्यवस्थापन कार्य जारी रहेको प्रहरीले जनाएको छ। पहिचान हुन नसकेका शवको सनाखतका लागि सम्बन्धित परिवार तथा आफन्तसँग आवश्यक समन्वय भइरहेको छ।
प्राकृतिक विपत्तिबाट ठूलो मानवीय क्षति भएपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ। सुरक्षा निकायले बेपत्ता नागरिकको खोजी तथा फेला परेका शवको पहिचान र व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ।
बाढीबाट भएको क्षतिको यकिन विवरण संकलन तथा बेपत्ता नागरिकको खोजी कार्य जारी रहेकाले मृतक तथा बेपत्ताको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो