काठमाडौँ । भोटेकोशी नदीमा पुन: बाढीको बहाव बढेपछि रसुवादेखि मुग्लिनसम्मको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाले चीनतर्फबाट भोटेकोशीमा बाढी बढेको सूचना प्राप्त भएको जनाउँदै राति ८:५४ बजे नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो।
बाढी पूर्वानुमान महाशाखाले भोटेकोशीको बढ्दो बहावले त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढाउन सक्ने जनाएको छ। महाशाखाले मुग्लिनसम्मका नागरिकलाई अर्को सूचना नआएसम्म सुरक्षित स्थानमा उच्च सतर्कतासहित रहन अनुरोध गरेको छ।
नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन र जोखिमयुक्त स्थानमा रहेकालाई सुरक्षित ठाउँमा सर्न आग्रह गरिएको छ।
बाढीको अवस्थाबारे थप जानकारी आवश्यकताअनुसार सार्वजनिक गरिने महाशाखाले जनाएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो