काठमाडौं । संयुक्त राजनीतिक दलित संघर्ष समितिले जातीय विभेद लागायतका विषयमा गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ।
आइतबार गृह मन्त्रालय पुगेर समितिका संयोजक लोकबहादुर विश्वकर्माको टोलीले गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापन पत्र बुझ्दै गृहमन्त्री लेखकले जातीय विभेद निर्मुल हुनुपर्छ भनेर सरकार पनि लागिपरेको बताए।
‘संविधान निर्माणका क्रममा सबै समुदायका मौलिक हकलाई सुनिश्चिता हुने गरी राख्नुपर्छ भन्ने मान्छे हुँ। त्यही अनुसार सबै राजनीतिक दलबीच सहमति भएको हो। जातीय विभेदलाई निर्मुल हुनुपर्छ भनेर म सँधै लागि परेको छु,’ उनले भने।
गृहमन्त्री लेखकले जातीय विभेद र छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउने बताए।
‘प्रहरी प्रधान कार्यालयमा एउटा डेस्क बनाउँछु। उसलाई ७७ जिल्लामै डेस्क बनाउन भन्छु,’ उनले भने। आफू गृहमन्त्री भएपछि नेपाल प्रहरीमा दलित समुदायबाट डम्बर विश्वकर्मा डिआइजी भएको बताए।
‘डम्बर विश्वकर्मा एसएसपी हुनुहुँदो रहेछ। डिआइजी बढुवा गर्दा डम्बरलाई नछुटाइ गर्नु भनेँ। नेपाल प्रहरीमा पहिलो पटक एक जना डिआइजी हुनुभयो,’ उनले भने।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो