गृहमन्त्रीले हिजो स्काभेटर चाहियो भन्दै सूचना जारी गरेका थिए। महावीर पुनले शव राख्ने फ्रिज छ भने दिनुहोला भन्दै उही पुरानो मगन्ते पारा दोहोर्याएका थिए।
तर यो उनीहरूको दोष हैन। हरेक आर्थिक वर्षमा विपद् व्यवस्थापनको नाममा करोडौँ पैसा झिकेर हसुर्ने काइतेहरूको दोष हो। यतिबेला देशलाई क्यूआर कोडको पैसा हैन,दक्ष प्राविधिक जनशक्ति चाहिएको छ।
त्यसैले सुरुङभित्र फसेका मान्छेहरूलाई निकाल्न छिटो भन्दा छिटो ड्रिल मेसिन (large-diameter drilling rig) मगाएर काम गर्नुपर्यो। यस्ता अत्याघुनिक साधन भारत, चीन, रुस, जर्मनीसँग छन्। छिटो गरौँ। अझै एक, दुई दिन ढिला गरेमा बाँचेकाहरू पनि डिहाइड्रेसन भएर मर्छन्। तर अहिलेसम्म कुनै पनि विदेशी उद्धार टोली आएको जस्तो लाग्दैन।
शिशन बानियाँ नाम गरेका मान्छे ड्रोन उडाउन सिपालु छन्। आसपासका जंगलमा धेरै मान्छे फसेका छन् जस्तो लाग्छ। थर्मल क्यामेरा भएको ड्रोन उडाएर मान्छे खोज्ने बेला यही हो।
कोही उद्धारको पर्खाइमा फसेका छन् भने लोकेशन पत्ता लगाएर कम्तीमा खाना, पानी र कपडा खसाल्नुपर्छ। यो सामान्य कुरा पनि अभ्यास गरिएको देखिएको छैन।
सबैजना माछा र सिलिन्डर समात्न, बैंकको लकर फुटाएर पैसा भागबन्डा गर्नमै व्यस्त छन्।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो