गृहमन्त्रीले हिजो स्काभेटर चाहियो भन्दै सूचना जारी गरेका थिए। महावीर पुनले शव राख्ने फ्रिज छ भने दिनुहोला भन्दै उही पुरानो मगन्ते पारा दोहोर्याएका थिए।
तर यो उनीहरूको दोष हैन। हरेक आर्थिक वर्षमा विपद् व्यवस्थापनको नाममा करोडौँ पैसा झिकेर हसुर्ने काइतेहरूको दोष हो। यतिबेला देशलाई क्यूआर कोडको पैसा हैन,दक्ष प्राविधिक जनशक्ति चाहिएको छ।
त्यसैले सुरुङभित्र फसेका मान्छेहरूलाई निकाल्न छिटो भन्दा छिटो ड्रिल मेसिन (large-diameter drilling rig) मगाएर काम गर्नुपर्यो। यस्ता अत्याघुनिक साधन भारत, चीन, रुस, जर्मनीसँग छन्। छिटो गरौँ। अझै एक, दुई दिन ढिला गरेमा बाँचेकाहरू पनि डिहाइड्रेसन भएर मर्छन्। तर अहिलेसम्म कुनै पनि विदेशी उद्धार टोली आएको जस्तो लाग्दैन।
शिशन बानियाँ नाम गरेका मान्छे ड्रोन उडाउन सिपालु छन्। आसपासका जंगलमा धेरै मान्छे फसेका छन् जस्तो लाग्छ। थर्मल क्यामेरा भएको ड्रोन उडाएर मान्छे खोज्ने बेला यही हो।
कोही उद्धारको पर्खाइमा फसेका छन् भने लोकेशन पत्ता लगाएर कम्तीमा खाना, पानी र कपडा खसाल्नुपर्छ। यो सामान्य कुरा पनि अभ्यास गरिएको देखिएको छैन।
सबैजना माछा र सिलिन्डर समात्न, बैंकको लकर फुटाएर पैसा भागबन्डा गर्नमै व्यस्त छन्।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो