काठमाडौं । भोटेकोशी बाढीपछि चितवनको नारायणी किनारमा भेटिएका पहिचान नखुलेका शव व्यवस्थापन गर्न थालिएको छ। हालसम्म २३३ शव भेटिएकामा पाँच जनाको मात्रै पहिचान खुलेको जनाइएको छ।
शव सडेर गन्हाउन थालेपछि संक्रमण र दुर्गन्धको जोखिमलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको निर्णयअनुसार भरतपुर–१ रामनगर–देवघाट सडकखण्ड नजिकको जंगलमा खाडल खनेर शव सुरक्षित राखिने भएको हो।
सुरक्षाकर्मीको निगरानीमा तीनवटा ठूला खाडल तयार पारिएको छ। प्रत्येक शवलाई ‘डेड बडी ब्याग’मा राखी नम्बरयुक्त ट्यागसहित सुरक्षित गरिनेछ भने डीएनए नमुना पनि संरक्षण गरिने प्रहरीले जनाएको छ।
पछि आफन्तको डीएनएसँग नमुना मिलेमा कोड नम्बरका आधारमा शव निकालेर परिवारलाई जिम्मा लगाइनेछ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो