काठमाडौं । भोटेकोशी बाढीमा हालसम्म ७ सय ३४ ज्यान गएको छ ।
परराष्ट्र मन्त्रालयले आइतबार दिउँसो प्रेस ब्रिफिङको आयोजना गर्दै यस्तो जानकारी दिएको हो । प्रेस ब्रिफिङमा बोल्दै परराष्ट्र सचिव अमृतबहादुर राईले २ हजार ४ सय ९८ जना सम्पर्कविहीन रहेको बताए ।
उनकाअनुसार हालसम्म ८ सय ८१ जनाको बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये २ सय ६१ जना विदेशी नागरिक रहेको उनले जानकारी दिए ।
उनले ४ सयभन्दा बढी विदेशी पर्यकटहरु अझै पनि सम्पर्कविहीन अवस्थामा रहेको समेत जानकारी दिए । सचिव राईले सम्पर्कविहीन भएका नागरिकको खोज र उद्धारमा राज्य संयन्त्र पूर्ण क्षमतासहित परिचालित रहेको बताए ।
उनले बाढी प्रभावित नागरिकको विवरण परराष्ट्र मन्त्रालय, विपद् जोखिम न्युनिकरण एवं व्यवस्थापन प्राधिकरण, पर्यटन विभाग तथा आधिकारिक च्यानलबाट हेर्न सकिने समेत बताए ।
उनले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा सुरक्षा निकायसहितको सहकार्यमा बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन लगायतका जिल्लाहरूमा खोज, उद्धार तथा राहतको कार्यक्रम सञ्चालन भइरहेको समेत जानकारी दिए ।
उनले यस कठिन समयमा सरकार र सरकारसँग संयन्त्रहरुले मित्र राष्ट्रहरू र अन्तर्राष्ट्रिय समुदायसँग समेत निरन्तर सम्पर्क र सहकार्य गरिरहेको बताए । उनले परराष्ट्र मन्त्रालयमा स्थापना गरिएको इमरजेन्सी कन्ट्रल रुममार्फत सम्पर्कविहीन भएका नागरिकका परिवार सम्बन्धित देशका नियोगहरूसँग निरन्तर रूपमा सम्पर्क गरिरहेको समेत जानकारी दिए ।
उनले हालसम्म भारत, चीन, युएई लगायतका देशहरूबाट राहत सामग्री प्राप्त गरिसकेको समेत जानकारी दिए । उनले प्राप्त राहत सामग्री समेत प्रभावित क्षेत्रमा पुर्याई पीडितहरूलाई वितरण भइरहेको जानकारी दिए ।
सचिव राईले यसबीच प्रधानमन्त्री बालेन्द्र साह र परराष्टमन्त्री शिशिर खनाले विभिन्न छिमेकी देशका समकक्षीहरुसँग फोनवार्ता गरेको समेत जानकारी दिए । उनले बाढी पीडितको उद्धार तथा राहतका सहयोग गर्दा सरकारले सार्वजनिक गरेका बैंक खाताहरूलाई सुनिश्चित गरेर मात्र सहयोग गर्न समेत आम नागरिकलाई आग्रह गरे ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो