कञ्चनपुर । महाकाली नदीमा पानीको सतह बढेपछि नेपाल–भारत जोड्ने कञ्चनपुरको गड्डाचौकी नाकाबाट हुने आवागमन प्रभावित भएको छ। विशेषगरी चारपाङ्ग्रे सवारीसाधनलाई भारततर्फको शारदा ब्यारेज ९बनबासा पुल० बाट आवतजावत गर्न रोक लगाइएको छ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार महाकाली नदीमा पानीको बहाव बढेर १ लाख १२ हजार क्युसेक पुगेपछि भारतीय पक्षले सुरक्षाका कारण चारपाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाएको हो।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक जीवन गुरुङका अनुसार पहाडी क्षेत्रमा भइरहेको वर्षा र कञ्चनपुरमा पनि पानी परिरहेकाले नदीको बहाव अझ बढ्न सक्ने अवस्था छ।
उनले महाकालीमा पानीको बहाव १ लाख क्युसेकभन्दा माथि पुगेपछि बनबासा पुलमा ठूला सवारीसाधन सञ्चालन गर्न भारतीय पक्षले अनुमति नदिने बताए।
करिब एक सय वर्ष पुरानो बनबासा पुल जीर्ण अवस्थामा रहेकाले वर्षायाममा नदीको बहाव बढ्दा सुरक्षालाई ध्यानमा राखेर ठूला सवारीसाधनमा रोक लगाउने गरिएको छ।
ठूला सवारीसाधनको आवागमन रोकिए पनि मोटरसाइकल तथा पैदल यात्रुका लागि आवतजावत भने खुला रहेको प्रहरीले जनाएको छ। नदीको जलस्तर घट्दै गएपछि सवारी आवागमन पनि सामान्य हुने बताइएको छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो