काठमाडौं । भोटेकोशी बाढीमा ज्यान गुमाएका तर पहिचान खुल्न नसकेका ८५ जनाको शव मंगलबार साँझ गोकर्णेश्वर नगरपालिका–७ स्थित नेपाल ट्रस्टको जंगलमा व्यवस्थापन गरिएको छ।
तीनवटै सुरक्षा निकायको टोलीले शव व्यवस्थापन गरेको हो। यसअघि शवहरू त्रिवि शिक्षण अस्पतालमा राखिएका थिए। पहिचानका लागि विवरण सार्वजनिक गर्नुका साथै डीएनए परीक्षणसम्बन्धी आवश्यक प्रक्रिया पूरा गरेर शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार परिवारका सदस्यको डीएनए नमुना संकलन भइरहेको छ। भविष्यमा डीएनए मिलान भएमा शवको पहिचान गरी आफन्तलाई बुझाउन सकिने व्यवस्था गरिएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो