काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ११४ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार बिहानसम्म विभिन्न जिल्लाबाट यति संख्यामा शव फेला परेका हुन्।
सबैभन्दा बढी चितवनमा ३४८ जनाको शव भेटिएको छ। यस्तै नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९०, नुवाकोटमा १५५ र गोरखामा ६६ जनाको मृत्यु भएको छ।
फेला परेका शवमध्ये ९५ जनाको मात्र सनाखत भएको छ। विपद्मा २९२ जना घाइते भएका छन् भने करिब ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन्।
प्राधिकरणका अनुसार हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ। उद्धार तथा राहतका लागि २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो