काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल प्रचण्डले भोटेकोशी बाढीमा फसेकाहरुको खोज तथा उद्धारमा सरकार असफल भएको आरोप लगाएका छन्।
संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले विपद्को सुरुवाती चरणमा देखिएको सरकारी सक्रियता पछि कमजोर बनेको बताए। उद्धार कार्यले अपेक्षित परिणाम दिन नसकेको उनको भनाइ छ।
प्रधानमन्त्रीले संसदमा प्रस्तुत गरेका उद्धारसम्बन्धी केही विवरणसमेत गलत रहेको प्रचण्डले दाबी गरे। विशेषगरी उद्धार उपकरण, प्राविधिक जनशक्ति र सुरुङभित्रको अवस्थाबारे गलत सूचना दिइएको उनको आरोप थियो।
प्रचण्डले विपद्का बेला प्रधानमन्त्रीले सबै पक्षबीच समन्वय र सहकार्यको वातावरण बनाउनुपर्ने भए पनि वर्तमान नेतृत्व त्यसमा चुकेको टिप्पणी गरे।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो