धनगढी । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीबाट ज्यान जोगिएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका लोडर चालक भीम साउदले आफूले बाढीलाई ‘साक्षात् सुनामी’ जस्तो देखेको बताएका छन् । गत बुधबार बिहान बाढीको साइरन बजेपछि भाग्न थालेका साउँदले भोटेकोसीबाट कालो मुस्लोसहितको लेदो केही क्षणमै आफूहरूतर्फ आएको बताए ।
‘पछाडि फर्केर हेर्दा अब बाँचिँदैन भन्ने लाग्यो,’ कैलालीका साउदले भने, ‘तर भिरतिर चढ्न थालेँ । केही पाइला मात्रै ढिलो भएको भए म पनि बाढीमा परिसकेको हुन्थेँ ।’
साउदका अनुसार आयोजनाका सुरुङ तथा तल्लो क्षेत्रमा रहेका धेरै कामदारहरु भाग्नै पाएनन् । उनका अनुसार आयोजनामा अझै दुई सयभन्दा बढी कामदार सम्पर्कविहीन छन् ।
उद्धार प्रयास प्रभावकारी हुन नसकेको गुनासो गर्दै उनले भने, ‘समयमै प्रभावकारी उद्धार भएको भए केही ज्यान बचाउन सकिन्थ्यो ।’ बाढीबाट बचेका साउँद केही दिन धुन्चेमा बसेपछि पैदल र बसमार्फत काठमाडौं आइपुगेका हुन् ।
‘यो बाढी थिएन, साक्षात् महाकाल थियो,’ उनले भने, ‘त्यसको लपेटाबाट बाँच्नु भनेको महाकाललाई जित्नुजस्तै हो ।’








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो