काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि विशेष प्रविधिभन्दा पर्याप्त उपकरण र दक्ष टोली आवश्यक पर्ने बताएका छन्।
भोटेकोसी बाढीबाट भएको क्षतिबारे बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्दै घिसिङले उद्धार, राहत र पुनःस्थापनाका विषयमा सुझाव दिएका हुन्।
उनका अनुसार सुरुङमा जम्मा भएको गेग्रान र ढुंगा हटाउन आवश्यक उपकरण तत्काल घटनास्थलमा पुर्याउन सके उद्धार प्रभावकारी बनाउन सकिन्छ। उपकरण पुर्याउन कठिनाइ रहेकाले त्यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।
प्रधानमन्त्री शाहले पनि आवश्यक परे विदेशबाट समेत उपकरण ल्याएर सुरुङमा फसेकाको उद्धारमा सबै स्रोतसाधन परिचालन गर्ने प्रतिबद्धता जनाएको घिसिङले जानकारी दिए।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो