काठमाडौं। लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमणमा जाने पर्यटकसँग अब नेचररट्रेकिङ गाइड अनिवार्य हुनु पर्ने भएको छ ।
निकुञ्ज कार्यालयले ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)लाई पत्र लेख्दै निकुञ्ज क्षेत्र भित्र आउने स्वदेशी तथा विदेशी पर्यटकलाई भ्रमण गराउँदा गाइड अनिवार्य हुनुपर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ । लाङटाङ जाने पर्यटक बिना गाइड जाने गर्छन् ।
विकट भौगोलिक अवस्था र अधिक चिसो हावापानी रहेको यस निकुञ्ज क्षेत्रमा पर्यटक हराउने, दुर्घटनामा पर्ने र मृत्यु समेत हुने गरेको लाङटाङ राष्ट्रिय निकुञ्जको भनाइ छ ।
भ्रमणमा आउने पर्यटकको साथमा गाइड नहुँदा पर्यटकले समयमा उपचार नपाउने, उद्धारमा कठिनाइ हुने भन्दै निकुञ्जले सरोकारवाला पर्यटन व्यवसायीलाई निकुञ्ज क्षेत्रमा पर्यटक ल्याउँदा गाइड अनिवार्य गर्न भनेको हो।
पदयात्राका लागि लाङटाङ लोकप्रिय गन्तव्यमा पर्छ । लाङटाङ रसुवा जिल्लामा अवस्थित पर्यटकीय गन्तव्य हो ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो