त्रिशूली–३ ‘ए’ को सुरुङमा फेरि सुनियो मानिसको आवाज, उद्धार टोली भित्र पस्दै
। त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरिएपछि भित्रबाट थप मानिसको आवाज सुनिएको छ।
शुक्रबार बिहान सुरुङबाट ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जनलाई सकुशल बाहिर निकालिएको थियो। उद्धारपछि उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएका उनीहरुको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भईरहेको बताइएको छ ।
नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले जोखिमपूर्ण अवस्थामा सुरुङभित्र प्रवेश गरी दुवै जनाको उद्धार गरेको हो।
दुई जनाको उद्धारपछि सुरुङभित्रबाट फेरि मानिसको आवाज सुनिएपछि खोजी तथा उद्धार कार्यलाई थप तीव्र बनाइएको छ। नेपाली सेनाका अनुसार आवाज सुनिएको स्थानतर्फ उद्धार टोली प्रवेश गरिरहेको छ।
सुरुङभित्र फसेका मानिसहरू सकुशल रहेका उद्धार गरिएका सञ्जय साहले बताएपछि उद्धार टोलीले सम्भावित स्थानमा केन्द्रित भएर खोजी गरिरहेको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो