नुवाकोट । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले बाढी प्रभावित नागरिकको सुरक्षा, संरक्षण तथा स्थायी पुनर्स्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताईन् ।
नुवाकोटका विभिन्न बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमनका क्रममा मन्त्री बादीले विदुर–४ स्थित युनाइटेड आधारभूत विद्यालय र तल्लो पिपलटारमा सञ्चालित होल्डिङ सेन्टरको निरीक्षण गरेकी हुन् । ।
उहाँले प्रभावित नागरिकसँग प्रत्यक्ष भेट गरी उनीहरूको आवास, स्वास्थ्य, खाद्यान्न तथा अन्य आधारभूत आवश्यकताबारे जानकारी लिईन ।
अनुगमनका क्रममा मन्त्री बादीले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सुत्केरी महिलाको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गर्नुभयो। प्रभावित महिलाका लागि छुट्टै सुरक्षित होल्डिङ सेन्टर, आवश्यकताअनुसार महिला प्रहरी परिचालन तथा सुरक्षित स्थानान्तरणको व्यवस्था प्रभावकारी बनाउन समन्वय गरिएको उनले बताईन।
विपद्का कारण अभिभावकबाट छुट्टिएका तथा जोखिममा परेका बालबालिकाको पहिचान गरी सुरक्षित संरक्षण, पारिवारिक पुनर्मिलन र आवश्यक मनोसामाजिक सहयोग उपलब्ध गराउनुपर्नेमा पनि मन्त्री बादीले जोड दिनुभयो। बालबालिकालाई असुरक्षित वातावरणमा वयस्कसँगै राख्न नहुने भन्दै उनीहरूको अवस्था र आवश्यकताअनुसार सुरक्षित व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो।
मन्त्री बादीले अनुगमनका क्रममा कारागार कार्यालय, बाल सुधार गृह तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको समेत निरीक्षण गरी त्यहाँको सुरक्षा, स्वास्थ्य तथा सेवा प्रवाहको अवस्थाबारे जानकारी लिईन ।
उहाँले प्रभावित नागरिकलाई तत्काल राहत र सुरक्षित आश्रय उपलब्ध गराउनेसँगै दीर्घकालीन रूपमा सुरक्षित स्थानमा स्थायी पुनर्स्थापनाको योजना अघि बढाइएको बताउनुभयो। प्रभावित परिवारलाई सुरक्षित आवास, आधारभूत सेवा र जीविकोपार्जनका अवसरसँग जोडेर व्यवस्थित पुनर्स्थापना गर्ने सरकारको योजना रहेको मन्त्री बादीले स्पष्ट पारिन् ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो