काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाश सिंह कार्कीले बजार अनुगमन र दोषीमाथिको कारबाही प्रभावकारी हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले चाडपर्वमा मात्रै बजार अनुगमन गर्ने प्रवृत्ति हटाएर वर्षभरि नियमित निगरानी गर्नुपर्ने बताए । नियामक निकायको सक्रियता कमजोर हुँदा उपभोक्ता निरन्तर मारमा परेको उनको भनाइ छ ।
सांसद कार्कीले ग्यासको आयात घटाउन विद्युतीय चुल्होको प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा पनि जोड दिए । पर्याप्त विद्युत उत्पादन भइरहेका बेला सहुलियत र प्रोत्साहनमार्फत विद्युतीय उपकरणको प्रयोग बढाउन सके व्यापार घाटा घटाउन सहयोग पुग्ने उनले बताए ।
ग्यासका फरक–फरक ब्रान्डका सिलिन्डरका कारण उपभोक्तामाथि अतिरिक्त आर्थिक भार परेको उल्लेख गर्दै उनले ग्यास वितरण प्रणालीमा देखिएका समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक रहेको बताए ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो