काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन९एमसीसी० स्थगन गर्ने अमेरिकी सरकारको निर्णयको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का महासचिव नेत्र विक्रम चन्द (विप्लव सी)ले स्वागत गरेका छन्।
आइतबार एक विज्ञप्ति जारी गर्दै विप्लवले एमसीसी स्थगत गर्ने अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रमलाई धन्यवाद पनि दिएका छन्।
‘डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले नेपालमा एमसीसी कम्प्याक्ट पनि ९० दिनको लागि स्थगन भएको छ। एमसीसी कम्प्याक्टको तयारी र त्यसको कार्यान्वयनको समयदेखि नै आम नेपाली जनताले देशको राष्ट्रिय स्वाधीनता र आफ्नो राजनीीतक स्वतन्त्रताको विरुद्धमा हुने ठहर गर्दै सुरुकै दिनबाट सङ्घर्ष गर्दै आइरहेको छ। एमसीसी कम्प्याक्टले नेपाली जनताको सङ्घर्ष र आवाजमा सकारात्मक प्रभाव पारेको छ। यसका लागि हाम्रो पार्टीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ’, विज्ञप्तिमा भनिएको छ।
एमसीसी हिन्द–प्रशान्त रणनीतिको अङ्ग भएको भन्दै विप्लवले एमसीसीलाई सधैँको लागि खारेज गर्न पनि माग गरेका छन्।
साथै उनले विज्ञप्तिमा नेपालको विकासमा निःस्वार्थ योगदान गर्न नयाँ विकास परियोजना मार्फत सहयोग अगाडि बढाउन पनि आग्रह गरेका छन्।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो