इनरुवा। दुई दिनदेखि लगार चलेको हावाहुरीका कारण सुनसरीको इनरुवा नगरपालिका ८ डुम्रहा बंकुलवासहित विभिन्न स्थानका किसानले लगाएको केरा खेतीमा ठुलो क्षति भएको छ ।
आइतबार राति र सोमबार साझँको हावाहुरीले खेतमा लगाएको केराको बोट ढलेर क्षति भएको हो । हावाहुरीले केरा खेतीमा लाखौंको क्षति भएपछि किसान चिन्तित भएका छन् ।
भोक्राहा नरसिंह २ का केरा किसान जब्बार मियाँका अनुसार भोक्राहा र इनरुवा नगरपालिका ८ डुम्रहा बंकुलवामा १४ विघा क्षेत्रफलमा सामूहिक केरा खेती गरेकोमा हावाहुरीले हजारौं बोट ढलेर ठुलो क्षति भएको छ ।
फल्न सुरु गरेको र केही तयारी हुने अवस्थामा रहेको केरा हावाहुरीले लडाएकाले लगानी उठाउन मुस्किल हुने मियाँले गुनासो गर्नुभयो । अर्का किसान खुर्सीद अंसारीले दुई विघामा लगाएको केरा खेती नष्ट भएको गुनासो गर्नुभयो । उहाँले अर्काको खेत भाडामा लिएर सुरु गरेको केरा खेती सोमबार आएको हावाहुरीले क्षति पुगेको बताउनुभयो ।
उहाँ जिल्ला सदरमुकाम इनरुवासहित दक्षिणवर्ती क्षेत्रमा सामेबरसम्म पटकपटक आएको ठुलो हावाहुरीले केरा खेतीसहित गहुँ र मकै खेतीमा समेत क्षति पुर्याएको किसानहरुले बताएका छन् ।
सदरमुकाम इनरुवासहित, गढी गाउँपालिका, भोक्राहा नरसिंह, हरिनगर र देवनागञ्ज क्षेत्रका केरा बगानका लगभग सबै केराका बोट ढलेकाले क्षति भएको छ ।
दुई महिनापछि बजार लान मिल्ने अवस्थामा रहेका केरा ढलेर नोक्सान हुँदा किसानको आर्थिक क्षति भएको इनरुवा केरा पकेट समितिका अध्यक्ष हरि मेहताले बताउनुभयो ।
इनरुवामा मात्रै सय बिघा क्षेत्रफलमा केरा खेती भइरहेकोमा अधिकांश केरालाई हावाहुरीले नोक्सान गरेको उहाँले बताउनुभयो । मेहताका अनुसार करिब एक करोड रुपियाँ बराबरको केरा खेती ढलेर नोक्सान भएको छ । जिल्लामा ६ सय ५० बढी हेक्टर अर्थात् एक हजार बिघामा केरा खेती भइहरेको छ ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो