धनगढी । सुदूरपश्चिम प्रदेश सरकार गठन भएको दुई महिना बितिसक्दा पनि चालु आर्थिक वर्षको बजेट प्रदेशसभामा पेस हुन सकेको छैन। मुख्यमन्त्री खगराज भट्टले भदौभित्रै ‘फास्ट ट्र्याक’बाट बजेट ल्याउने बताउँदै आए पनि भदौको अन्तिम दिनसम्म प्रक्रिया अघि बढ्न सकेन।
बजेट नहुँदा प्रदेशका मुख्यमन्त्री, मन्त्री र कर्मचारीले तलबभत्ता पाएका छैनन् भने औषधि खरिद तथा विकास योजनाका कामसमेत प्रभावित भएका छन्। प्रदेश नीति तथा योजना आयोगका अनुसार मन्त्रालयहरूले पुराना कार्यक्रम परिमार्जन गरिरहेकाले बजेट प्रदेशसभामा पुग्न अझै करिब एक साता लाग्न सक्छ।
यसअघि १ असारमा पेस गरिएको ३७ अर्ब ७० करोड रुपैयाँभन्दा बढीको बजेट विवादपछि फिर्ता लिएर नयाँ सरकारले पुनर्लेखन गर्ने जनाएको छ। गत आर्थिक वर्षको बचत अनुमानभन्दा कम भएपछि नयाँ बजेटको आकार करिब ३२ अर्ब रुपैयाँ आसपास रहने बताइएको छ।








लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय संयन्त्र गठन गरिने
रवि लामिछाने नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी