काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विभिन्न कम्युनिस्ट घटकसँग पार्टी एकताका लागि छलफल अघि बढाउने भएको छ। त्यसका लागि पार्टीले तीन सदस्यीय वार्ता समिति गठन गरेको छ।
मंगलबार बसेको नेकपाको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले देव गुरुङ, प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ सदस्य रहेको वार्ता समिति गठन गरेको हो।
नेकपाका प्रवक्ता प्रकाश ज्वालाका अनुसार समितिलाई विचार र राजनीतिक दृष्टिकोणमा समानता भएका गणतन्त्रवादी दल तथा समूहसँग एकताका विषयमा संवाद गर्ने जिम्मेवारी दिइएको छ।
उनका अनुसार एउटै कम्युनिस्ट पार्टी निर्माणको उद्देश्यसहित सम्बन्धित पक्षसँग छलफल र वार्तालाई अघि बढाइनेछ। समितिले विभिन्न कम्युनिस्ट समूहसँग सम्भावित सहकार्य तथा एकताका आधारबारे संवाद गर्नेछ।








ज्ञानबहादुर शाहीको प्रश्न– ‘जेनजी आन्दोलनका दोषीलाई कारबाही खोइ ?’
भरत दाहालको पक्राउबारे सर्वोच्चले माग्यो सरकारसँग जवाफ
नेपाली कांग्रेसकी सांसद थपलियाको प्रश्न–‘सत्तामा पुगेकाले जनताको अवस्था किन बुझ्दैनन् ?’
भोटेकोशी बाढी प्रभावित बालबालिकालाई एडवानले दियो ‘मायाको झोला’
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय संयन्त्र गठन गरिने
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
रवि लामिछाने नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता