गोरखा । गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले चुमनुब्री गाउँपालिका–६ को जगत क्षेत्रमा घरहरू बगाउनुका साथै नदी आसपासका भौतिक संरचनामा क्षति पुर्याएको छ।
स्थानीयका अनुसार बिहान एक्कासि ठूलो बाढी आएपछि सिर्दिवासस्थित जगत क्षेत्रका बासिन्दा त्रसित भएका थिए। उग्युलुङ र स्यार खोलामा ठूलो आवाज सुनिएपछि स्थानीय र पर्यटक सुरक्षित स्थानतर्फ भागेका थिए।
चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाका अनुसार पहिरोले उग्युलुङ खोला थुनेपछि पानी एकैपटक बग्दा बाढी आएको हो। गोरखाका प्रमुख जिल्ला अधिकारी धरेन्द्रकुमार मिश्रले बिहान ४ बजेर ३५ मिनेटमा ठूलो बाढी आएको जानकारी दिएका छन्।
बाढीका कारण तल्लो तटीय क्षेत्रका सल्लेरी र जगत बजारमा समेत जोखिम बढेको छ। स्थानीय प्रशासनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सावधानी अपनाउन आग्रह गरेको छ।
बूढीगण्डकीमा आकस्मिक बाढी आएको भन्दै बाढी पूर्वानुमान महाशाखाले पनि मोबाइल सन्देशमार्फत तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको छ।








गड्डाचौकीमा दसैँ मनाउन घर फर्किनेको भीड
बूढीगण्डकीको बाढीले दुई पुल र घर बगायो, बस्ती जोखिममा
बूढीगण्डकीमा भीषण बाढी, धेरै घरहरू बगायो
‘क्यानभासमा पारिजात’
लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
रमेश लेखकले भने, दोधारा-चाँदनी झोलुङ्गे पुल छिटो पुनर्निर्माण होस्