काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले कालिकोटको रुप्सा चिसापानी क्षेत्रमा भेडा फर्म उद्घाटन गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको साथ सहयोगमा खोलिएको एक सहकारीको भेडा फर्म विप्लवले उद्घाटन गरेका हुन् ।
विप्लवले कालिकोटको नरहरिनाथ गाउँपालिका-५ मा रहेको रुप्सा चिसापानी क्षेत्रमा पाँच घण्टा हिँडेर भेडा त्रिवेणी साझेदारी भेडा फर्मले संचालन गरेको फार्म उद्घाटन गरेका हुन् । उनले उद्घाटन गरेर बोल्दै भने, ‘राजनीति गर्दाखेरि हामीले कुनै त्यस्तो मन्त्री, ठूलो पद या पैसाको कुरा मात्रै सोचेर हामीले गरेको होइन ।’
पछिल्लो समयमा विप्लव नेतृत्वको नेकपाले विभिन्न स्थानहरुमा कृषि तथा पशुपालन क्षेत्रमा सक्रिय हुँदै आएको छ । केहि समय अगाडि काठमाडौंमा पनि विप्लवको कृषि बिक्री केन्द्र संचालनमा आएको थियो ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
रास्वपा सचिवालय बैठक जारी, भोटेकोशी विपद् र समसामयिक राजनीतिबारे छलफल