धनगढी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’ले टीकापुर विद्रोह थारु समुदायको अधिकारका लागि भएको बताएका छन् । कैलालीको टीकापुरमा आजदेखि सुरु भएको थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘टीकापुर थारु विद्रोह थारुहरुको अधिकारका लागि भएको हो,’ उनले भने, ‘म त्यसको सम्मान गर्न चाहन्छुु ।’
प्रचण्डले रेशम चौधरीलाई जोखिम उठाएर जेलबाट छुटाएको दाबी गरे । ‘टीकापुर घटनामा थुप्रै जालझेल भएको मलाई थाह छ,’ उनले भने, ‘थारुको बच्चा हो छुटाउनुपर्छ भनेर रेशम चौधरीलाई जोखिम उठाएर छुटाएको हुँ । तर, अहिले रेशम कताकता छन् । रेशमले पनि माओवादीमै आउनु उचित हुन्छ ।’
अर्को प्रसंगमा बोल्दै अध्यक्ष प्रचण्डले काँग्रेस र एमालेसंग मिलेर सरकार चलाउँदा दुबै पार्टीको रोग सरेको बताए । ‘कहिले काँग्रेस त कहिले एमालेसंग मिलेर जाँदा अलिअलि काँग्रेस र अलिअलि एमालेको रोग स¥यो,’ उनले भने, ‘अहिले त्यो रोगको उपचार गरिरहेका छौं । रोगको उपचार जनताको घरदैलोमा गएर हुन्छ भनेर हामी सोहीअनुसार अगाडि बढेका छौं ।’
प्रचण्डले अब काँग्रेस र एमालेसंग रोग सर्ने गरी एकता गर्ने पक्षमा नरहेको बताए । अध्यक्ष प्रचण्डले भ्रष्टाचारको विरुद्ध अभियान सुरु गर्दा माओवादीलाई सरकारबाट बाहिर राखिएको बताउँदै भने, ‘त्यो अभियानले जनतामा आशा जगाउँदै गएको थियो । तर, हामीलाई सरकारबाट बाहिर पारियो । बाहिर आए पनि सुशासन, सामाजिक न्याय र विकासको मुद्धा जनतामा ल्याएर आएका छौं ।’








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
रास्वपा सचिवालय बैठक जारी, भोटेकोशी विपद् र समसामयिक राजनीतिबारे छलफल