रौतहट । राजावादीहरूले पुनः देशमा राजा फर्काउने हल्ला चलाए पनि त्यो सम्भव नभएको पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन ।
‘ज्ञानेन्द्रले पहिले पनि केही ठूलाठूला गल्ती गरेका छन् । मैले त मूर्खता नै भन्छु’ अध्यक्ष प्रचण्डले भने, ‘अब अहिले पनि फेरि मूर्खता गरेर आफ्नो बाँकी रहेको साख पनि समाप्त पार्ने गल्ती नगरुन् ।’
‘जनतासँग माओवादी स् तराई मधेश जागरण अभियान’ अन्तर्गत आज बिहान रौतहटको गरुडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले देशमा फेरि राजा फर्किन असम्भव रहेको बताएका हुन् । ‘नेपाली जनताले त्यति बेला उनलाई कारबाही गर्नुको सट्टा आरामसँग बस्न दिएको हो’ प्रचण्डले भने, ‘त्यो बेलाको हाम्रो उदारतालाई कमजोरी सम्झेर जबरजस्ती गर्न खोजे भने नेपाली जनताले त्यो सहँदैनन् ।’
प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्न मन लागेको भए पार्टी खोलेर चुनाव लड्न र चुनाव जितेर काम गर्न चुनौती समेत दिए ।
तराई–मधेश जागरण कार्यक्रमअन्तर्गत अध्यक्ष प्रचण्ड शुक्रबार राति रौतहट आएका हुन् । आज उनको रौतहटका विभिन्न पालिकाहरुमा भेटघाट तथा परोहा नगरपालिकाको लौकाहामा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी